October 10th, 2020

कुन-कुन बैंक-वित्तमा छ रोजगारीको अबसर ?

बैंकिङ खबर । विभिन्न वित्तीय संस्थाले कर्मचारी माग गरेका छन् । उनीहरुले सूचना मार्फत विभिन्न पदमा कर्मचारी माग गरेका हुन् । हाल कर्मचारी माग भएका वित्तीय संस्थाहरु यहाँ उल्लेख गरिएको छ ।

सानिमा लाईफ इन्स्योरेन्स : सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । इन्स्योरेन्स कम्पनीले सात वटै प्रदेशको लागि विभिन्न पदमा कर्मचारी आवश्यकता माग गरेका हो । योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

मेरोमाइक्रोफाइनान्स लघुवित्त : मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थामा रोजगारीको लागि आवेदन खुलेको छ । यस संस्थाको शाखा कार्यालयका लागि जनशक्ति आवश्यक पर्ने भएकोले योग्यता पुगेका इच्छुक तथा अनुभवी नेपाली नागरिकहरुबाट मिति २०७७ कात्तिक ४ गते कार्यालय समयभित्र निम्न ठेगानामा आइपुग्ने गरी तोकिएको नमुनाबमोजिमको रितपुर्वक दरखस्त आह्वान गरेको संस्थाले जनाएको छ । संस्थाले शाखा प्रबन्धक (सहायक/वरिष्ठ सहायक/सुपरिवेक्षक) का लागि केही कर्मचारीहरुको माग गरेको हो । यसका लागि न्युनतम प्रवीणता प्रमाणपत्र वा सो सरहको परीक्षा उतीर्ण गरी लघुवित्त तथा बैंकिङ क्षेत्रमा कम्तीमा ३ वर्षको कार्य अनुभव भएकाले दरखास्त दिन सक्नेछन् । साथै लघुवित्त तथा बैकिङ क्षेत्रमा शाखा प्रबन्धकको रुपमा २ वर्ष कार्य गरेको तथा लघुवित्त क्षेत्रमा ४ वर्षको कार्य सम्बन्धी दक्ष उम्मेदवारलाई प्राथमिकता दिइनेछ । यसैगरी कनिष्ठ सहायक सहायकका लागि पनि संस्थाले केही कर्मचारीको माग गरेको छ जसका लागि न्युनतम प्रवीणता प्रमाणपत्र तह सरहको परीक्षा उतीर्ण गरी लघुवित्त तथा बैंकिङ क्षेत्रमा कम्तीमा १ वर्षको कार्य अनुभव भएकाले दरखस्त दिन सक्नेछन् । लघुवित्त तथा बैंकिङ क्षेत्रमा २ वर्ष कार्य गरेका (अनुभवी), मोटरसाइकल एवं चालक अनुमतिपत्र भएका र कम्प्युटर सम्बन्धी दक्ष उम्मेदवारलाई प्राथमिकता दिइनेछ । कनिष्ठ सहायक (प्रशिक्षार्थी) का लागि केही कर्मचारी आवश्यक रहेको जनाउँदै संस्थाले न्युनतम प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उतीर्ण गरेका व्यक्तिले दरखस्त दिन सक्ने जनाएको छ । मोटरसाइकल एवं चालक अनुमतिपत्र भएका र कम्प्युटर सम्बन्धी दक्ष उम्मेदवारलाई प्राथमिकता दिइनेछ । यसका लागि परीक्षा आवश्यकता अनुसार लिखित, अन्तरवार्ता, प्रस्तुतिकरण, कम्प्युटर र प्रयोगात्मक रुपमा हुने उल्लेख गरीएको छ । मेरोमाइक्रोफाइनान्स नेपाल राष्ट्र बैंकबाट “घ”वर्गको वित्तिय कारोबार गर्न इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था हो । यसले हाल नेपालका ५९ वटा जिल्लामा १२० वटा शाखा कार्यालयहरु मार्फत लघुवित्त कारोबार गर्दै आइरहेको छ ।

लुम्बिनी विकास बैंक : लुम्बिनी विकास बैंक लिमिटेडमा रोजगारीको लागि आवेदन खुलेको छ । बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो । बैंकले ब्रान्च म्यानेजर, असिस्टेन्ट ब्रान्च म्यानेजर, रिलेसनसिप म्यानेजर र रिलेसनसिप अफिसर पदका लागि कर्मचारीको माग गरेको हो । यसका लागि योग्यता पुगेका नेपाली नागरिकले असोज २८ गतेसम्ममा आवेदन दिइसक्नुपर्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]