
सबैभन्दा बढी नेपाल फाइनान्सको शेयर मूल्य रू. ६० बढ्यो
एक सातामा वित्त कम्पनीहरुका शेयरधनीले आकर्षक मुनाफा कमाएका छन् ।
हाल नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा कारोबारमा आएका वित्त कम्पनीहरुको शेयर मूल्यमा वृद्धि भएसँगै शेयरधनीहरुले आर्कषक मुनाफा कमाएका हुन् । सबैभन्दा बढी नेपाल फाइनान्स कम्पनीका शेयरधनीले नाफा कमाएका छन् । एक हप्तामा कम्पनीको शेयर मूल्य रू.६० ले वृद्धि भएको हो ।
अघिल्लो साता असोज १५ गते उक्त कम्पनीको शेयर मूल्य रू. २४० रहेकोमा असोज २२ गते रू. ३०० पुगेको छ । उक्त कम्पनीले १२५ प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति पाएसँगै शेयर खरीदकर्ता बढेका हुन् ।
त्यसैगरी दोस्रोमा प्रागे्रशिभ फाइनान्स र समृद्धि फाइनान्सको शेयर मूल्यमा वृद्धि भएको छ । कम्पनीहरुको शेयर मूल्य बढेसँगै वित्त समुहको परिसुचक बिहीवार ३ दशमलव ९१ प्रतिशत वृद्धि भएको थियो ।
पछिल्लो समयमा लगानीकर्ताहरुले सेक्टरवाइज(विविधिकरण) लगानी गरेको पाइएको छ । केही समय अगाडि जलविद्युत् कम्पनीको शेयर मूल्य यसरी नै वृद्धि भएको थियो ।
अहिले त्यताबाट प्रोेफिट बुक गरेर उनीहरुले लगानीको सेक्टर परिवर्तन गरेका छन् । बढेको बजारमा कम शेयर मूल्य भएका कम्पनीमा लगानी गरेमा छोटो समयमा नै मुनाफा आर्जन गर्न सकिने भएकाले यसतर्फ उनीहरुको आकर्षण बढेको हो ।
उक्त समयमा एक लगानीकर्ताले अल्पकालिन रुपमा कम शेयर मूल्य भएको कम्पनीमा लगानी गरेर एक हप्तामानै सोचेभन्दा बढी मुनाफा कमाएको बताए । उनका अनुसार अहिलेको बजारमा दिर्घकालिन लगानीबाट भन्दा अल्पकालिन लगानीबाट राम्रो मुनाफा कमाइ भएको छ ।
कतिपय अवश्थामा भने दिर्घकालिन लगानीबाट पनि राम्रो मुनाफा आर्जन गर्न सकिन्छ । शेयर खरीद गर्नुभन्दा अगाडि कम्पनीको वित्तीय अवस्था राम्रोसँग बुझेर लगानी गरेमा दिर्घकालीन लगानीबाट पनि मुनाफा आर्जन गर्न सकिन्छ ।
कतिपय कम्पनीहरुको शेयर मूल्य बजारमा मर्जरको हल्ला चलेपछि अप्रत्यासित रुपमा बढेको पाइन्छ । यसरी एक समुहले बजारमा हल्ला चलाएर शेयर मूल्य अकासिंदा यस्तो अवस्थामा सोझा लगानीकर्ताहरु फस्ने पनि गरेका छन् ।
यस्तो सूचना चुहावट गर्ने वा हुँदै नभएको सूचना प्रवाह गर्नेलाई नियामक निकाय नेपाल धितोपत्र बोर्डले कारबाही गर्नुपर्ने भनाइ लगानीकर्ताहरुको छ ।
हाल नेप्सेमा २७ ओटा वित्त कम्पनीहरु सूचीकृत रहेका छन् ।
मर्जर तथा समस्याग्रस्त रहेका बाहेक १५ ओटा कम्पनीको एक हप्ताको शेयर मूल्यको फरक तलको तालिमा उल्लेख गरिएको छ ।

स्रोत : नेपाल स्टक एक्सचेञ्ज
आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार ।