
बैंकिङ खबर । नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव आइरहेको छ । आज शुक्रवार फेरि सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य ९०० ले बढेर छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० कायम भएको छ ।
त्यसैगरी चाँदीको मूल्य पनि शुक्रवार प्रतितोला १५ रुपैयाले बढेर प्रतितोला १ हजार १९५ कायम भएको छ ।