बैंकिङ खबर । कर्मचारी सञ्चय कोषले अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ । कोषको काठमाडौं उपत्यकास्थित कार्यालयमा कार्यरत केहि कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोले कर्मचारी र सञ्चयकर्तामा हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न आज (असोज २३ गते शुक्रबार) कोषको उपत्यकास्थित कार्यालय बन्द रहने भएको छ । कोषले एक जरुरी सूचना प्रकाशित गर्दै काठमाडौं उपत्यकास्थित कार्यालय बन्द रहने जानकारी गराएको हो ।