
विश्वव्यापी कोरोना महामारीको विनाश जारी छ । हालसम्म कुनै खोप आउन सकेको छैन । विश्वव्यापी अर्थव्यवस्थामा संकटको बादल छ । यसैबीच विश्व बैंकले बुधबार चेतावनी दिदै कोरोनाबाट उत्पन्न परिस्थितिमा चिन्ता व्यक्त गरेको छ ।
विश्वको ठूलो जनसंख्या गरीबीको श्रेणीमा
विश्व बैंकका अनुसार २०२१ सम्ममा कोरोनाका कारण कम्तिमा १५ करोड मानिसहरू अत्यन्त गरीबको रूपमा वर्गीकृत हुनेछन् । विश्व बैंकले बुधवार चेतावनी दिदै २०२१ सम्ममा कोरोना भाइरस महामारीको कारण करीव १५ करोड मानिस चरम गरीबीको श्रेणीमा पर्ने अनुमान गरेको छ ।
रिपोर्टमा के भनिएको छ ?
वाशिंगटनस्थित विश्व बैंकका अनुसार कोरोनाले यस वर्ष विश्वव्यापी अर्थतन्त्रमा गम्भीर असर पारेको छ । आर्थिक वृद्धिको गम्भीरतालाई अझ चुनौतीपूर्ण बनाएको छ । २०२१ सम्ममा ८.८ करोड देखि ११.५ करोड मानिसहरु थप गरीबीमा जान सक्छन् । २०२१ सम्ममा विश्वका १५ करोड मानिसहरु गरीब हुने खतरामा छन् ।
अर्थव्यवस्थाको मोर्चामा धेरै काम गर्नुपर्ने
विश्व बैंक समूहका अध्यक्ष डेभिड मालपासका अनुसार महामारी र विश्वव्यापी मन्दीले विश्वको १.४ प्रतिशत भन्दा बढी मानिसलाई गरीबीमा फसाउन सक्छ । कोभिड महामारीको अन्त्य पछि, देशले अर्थव्यवस्थाको मोर्चामा धेरै काम गर्नुपर्नेछ ।