Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

५९ हजार पुग्यो सुनको भाउ, चाँदी पनि महगिँदै

admin २०७३ श्रावण १६ गते
सेयर:

goldकेही सातादेखि नै सुनको भाउ एकदमै अस्थिर बनिरहेको सुनको भाउ यस साताको पहिलो दिन तोलाको १ सय रुपैयाँका दरले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबाट छापावाल सुन तोलाको ५९ हजार रुपैयाँका दरले कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ५८ हजार ७ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको छ । यसअघि, गत साताको शुक्रबार छापावाल सुनको भाउ तोलाको ५८ हजार ९ सय रुपैयाँ थियो भने तेजावी सुनको भाउ तोलाको ५८ हजार १६ सय ५० रुपैयाँ थियो । 

चाँदी पनि आइतबार शुक्रबारको तुलनामा तोलामा ५ रुपैयाँ महँगो भएको छ । शुक्रबार प्रतितोला ९ सय १० रुपैयाँमा किनबेच भएको चाँदी आइतबार ९ सय १५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।