July 31st, 2016

५९ हजार पुग्यो सुनको भाउ, चाँदी पनि महगिँदै

goldकेही सातादेखि नै सुनको भाउ एकदमै अस्थिर बनिरहेको सुनको भाउ यस साताको पहिलो दिन तोलाको १ सय रुपैयाँका दरले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबाट छापावाल सुन तोलाको ५९ हजार रुपैयाँका दरले कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ५८ हजार ७ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको छ । यसअघि, गत साताको शुक्रबार छापावाल सुनको भाउ तोलाको ५८ हजार ९ सय रुपैयाँ थियो भने तेजावी सुनको भाउ तोलाको ५८ हजार १६ सय ५० रुपैयाँ थियो । 

चाँदी पनि आइतबार शुक्रबारको तुलनामा तोलामा ५ रुपैयाँ महँगो भएको छ । शुक्रबार प्रतितोला ९ सय १० रुपैयाँमा किनबेच भएको चाँदी आइतबार ९ सय १५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।