
बैंकिङ खबर । बिहीबार सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेको छ । हिजो सुनको मुल्य प्रतितोला ९४ हजार १०० रहेकोमा आज घटेर ९३ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजावी सुनको मुल्य ९३ हजार ४०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आज चाँदीको मुल्य भने ५ रुपैयाँले बढेर ११८० रुपैयाँ पुगेको छ ।