February 2nd, 2016

नेपाली पुँजीबजार आधुनिक बन्नका ५ कारणहरु

nepse1नेपाल धितोपत्र बोर्डले नेपाली पुँजीबजार आधुनिकीकरणको युगमा प्रवेश गरिसकेको दाबी गरेको छ । अर्धस्वचालित अवस्थामा रहेको नेपाली शेयर बजार पूर्णस्वचालित प्रणालीमा जानुलाई बोर्डले आधुनिकीकरणको नाम दिएको हो । पुँजी बजार आधुनिकिकरणको प्रक्रियामा रहेकाले नयाँ प्रविधि मार्फत दोस्रो बजारमा कारोबार गरी बढीभन्दा बढी फाइदा लिन बोर्डले आग्रह गरेको छ । त्यस्तै, बोर्डले सबै कम्पनि र लगानीकर्तालाई आफ्नो शेयर अभौतिकिकरण गर्न निर्देशन दिएको छ । बोर्डले निम्न कारण देखाई नेपाली शेयर बजार आधुनिक युगमा प्रवेश गरिसकेको दाबी गरेको हो :

गत माघ १ गतेदेखि सिडिएस एण्ड क्लियरिङले डिम्याट शेयरको मात्र कारोबार सुरु गरिनु ।
खारेजी, कारोबार रोक्का, निलम्बन र मर्जरमा परेका गरी ४० कम्पनि बाहेक कारोबारमा सक्रिय १७२ कम्पनि अर्थात् ९९.९८ प्रतिशतको शेयर डिम्याट भइसक्नु ।
धितोपत्र ब्रोकर कार्यालयमा ज्येष्ठ नागरिक, महिला, बालबच्चा, अपांग र साना लगानीकर्तालाई कारोबारका लागि छुट्टै विन्डोको व्यवस्था गरिनु ।
ब्रोकर र मचेन्ट बैँकरको कार्यालयमा आफूले दिने सेवा र समय उल्लिखत सेवाग्राही बडापत्र, गुनासो सुन्ने एकाइ र नियम पालना अधिकृत नियुक्त गर्नु ।
निकट भविक्ष्यमा अनलाइन ट्रेडिङसुरुवात गर्न र गैरआवासिय नेपालीलाई बजारमा भित्र्याउन पहल गर्ने योजना बनाइनुृ ।