
बैंकिङ खबर । सुनको मूल्यमा निरन्तर उतरचढाव भइरहेको छ । यसैक्रममा बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ । मंगलबार ८ सयले बढेको सुनको मूल्य बुधबार ८ सयले नै घटेको छ । आज छापावाल सुन ९४ हजार १०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुनको मूल्य ९३ हजार ६ सय कायम गरिएको छ । यस्तै, आज चाँदीको मूल्य १ हजार १७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।