
बैंकिङ खबर । नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउमा सामान्य वृद्धि भएको छ । सोमबार तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर तोलामा ९४ हजार ९०० रुपैयाँ कायम भएको छ । यसैगरी तेजावी सुन तोलामा ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी सोमबार तोलामा ११ सय ८० रुपैयाँमा कायम भएको चाँदी मंगलबार तोलामा १२ सय रुपैयाँ कायम भएको छ ।