Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सरकारले आन्तरीक ऋण उठाउन १० अर्बको बिकास ऋणपत्र जारी गर्दै

२०७७ आश्विन २० गते

बैंकिङ खबर । नेपाल सरकारको २०७७/७८ को १४७४.६४ अर्ब बजेट मध्ये सरकारले आन्तरीक ऋण उठाउन राखेको लक्ष्यमा पहिलो चौमासमा ५७ अर्ब उठाउन लागेको छ । जसमध्ये ट्रेजरी बिल मार्फत ३६४ दिनको लागि ७ अर्ब र बिकास ऋणपत्र मार्फत ५० अर्ब आन्तरीक ऋण उठाउन लागेको हो । जसमा २० अर्ब असोज १६ गते ४.७७ प्रतिशतमा उठाएको थियो । १० अर्ब भने आज बोलकबोल गरेर भोलि उठाइनेछ र बाँकी २० अर्ब कात्तिक २० गते उठाउने लक्ष्य राखिएको छ । आजको दिनसम्म बजारमा तरलता करीब १४६ अर्ब देखिएको छ । आन्तरीक ऋण उठाएपछि भने १० अर्बले तरलता घट्ने देखिन्छ ।

Ad