Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा क्षेत्र विस्तारका, चार ‘चुनौतीहरु’

admin २०७३ श्रावण १६ गते
सेयर:

Insurance-5नवराज कुँवर : विश्वप्यापीकरण तथा आर्थिक उदारीकरणको परिणामस्वरुप नेपालको बीमा क्षेत्रको विकासले केही गति लिन थालेको छ । विगतको द्धन्द्धकाल र हाल यो संक्रमणकालीन राजनैतिक परिस्थितिका कारण जुन गतिमा तीव्र आनुपर्ने थियो त्यो हुन नसकेको अवस्था विद्यमान छ । त्रिवर्षीय योजना अवधिमा बीमा व्यवसायले तीव्रता पाएको हुँदा बीमक (जीवन तथा निर्जीवन बीमा कम्पनी) बीमित (बीमा सेवा प्रपाक), बीमा अभिकर्ता, बीमा सर्भेयर, बीमाशुल्क, बीमा क्षेत्रले गरेको लगानी, राष्ट्रिय अर्थतन्त्रमा बीमाले पुर्याएको योगदान, बीमा उद्योगले सिर्जना गरेको रोजगारीको प्रत्यक्ष तथा परोक्ष अवसरहरु, आदिमा उल्लेख्य वृद्धि भएको छ । बीमा नियमन निकायहरुको अन्तर्राष्ट्रिय तथा अन्तर क्षेत्रीय सङगठनहरुमा बीमा समितिको भूमिकामा वृद्धि हुनुका साथै बीमा सेवामा दुर्गम ग्रामीण क्षेत्र तथा न्यून आय वर्गको पहुँच र अन्तर्राष्ट्रिय मापदण्डअनुरुप यस संस्थाको गुणस्तर वृद्धि गर्नु आवश्यकता भएको छ ।

नेपालको बीमा क्षेत्रमा यसको सेवा विस्तारका लागि बीमा समिति स्थापना पनि गरिसकेको अवस्था छ । खासगरी अन्तर्राष्ट्रिय मापदण्ड तथा राष्ट्रिय आवश्यकताअनुरुप बीमा सेवाको स्तर अभिवृद्धि गर्ने उद्देश्यले बीमा समितिको स्थापना भएको हो । यसको उद्देश्य यतिमात्र नभई दुर्गम ग्रामीण क्षेत्र तथा समाजका न्युन आय भएका वर्ग लगायत सबै तहसम्म बीमा सेवाको पहुँच पुर्याउने पनि हो । त्यस्तै बीमितको हित संरक्षणका लागि आवश्यक आधारहरु तर्जुमा गरी बीमा व्यवसायको विश्वसनीयता अभिवृद्धि गर्ने पनि बीमा समितिको उद्देश्य हो । यी उद्देश्यहरु पूरा गर्न बीमा समितिले यस्ता समस्या तथा चुनौतिहरु औँल्याएको छ ।
 
बिमा क्षेत्रमा देखिएका चार चुनौतिहरु
१. अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप बीमा सेवाको गुणस्तर वृद्धि गर्नु
२. निर्जीवन बीमालाई सामाजिक तथा प्राकृतिक जोखिम भूकम्प, हिम नदीको प्रकोपबाट उत्पन्न हुन सक्ने आर्थिक क्षति व्यवस्थापन गर्ने सशक्त संयन्त्रको रुपमा स्थापित गर्नु,
३. जीवन बीमालाई आर्थिक सुरक्षाका साथै दीर्घकालिन बचत लगानीको उत्तम माध्यमको रुपमा स्थापित गरी छरिएर रहेको बचतलाई परिचालन गर्दै राष्ट्र निर्माणको लागि आवश्यक पूँजी निर्माण गर्ने दिगो आधारको रुपमा विकास गर्नु
४. यस सेवालाई दुर्गम ग्रामिण क्षेत्र तथा समाजका न्यून आय भएका वर्ग लगायत सबै तहसम्म पुर्याउनुलगायत अहिले देखिएको मुख्य चुनौतिका रुपमा बीमा समितिले उल्लेख गरेको छ ।  

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।