October 4th, 2020

कर्मचारीमा कोरोना देखिएपछि बीमा समिति एक साताका लागि बन्द

बैंकिङ खबर । बीमा समितिमा कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएपछि समिति एक साताका लागि बन्द गर्ने निर्णय गरीएको बीमा समितिका एक कर्मचारीले बैंकिङ खबरलाई जानकारी दिएका छन् । संक्रमण देखिएपछि सम्पूर्ण काम समेत बन्द गरिएको उनले बताए। आगामी आइतबारसम्मका लागि कार्यालय सिल गरिएको उनको भनाई छ । कर्मचारीमा संक्रमण देखिएपछि समितिका अध्यक्ष चिरञ्जिवी चापागाई होम आइसोलेसनमा बसेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]