बैंकिङ खबर /
KYC : कुनै पनि कम्पनीले आफ्नो ग्राहकको पहिचान थाहा पाउने प्रक्रियालाई केवाईसी अर्थात नो योर कस्टुमर भनिन्छ । बैंकिङ क्षेत्रमा केवाईसीलाई अझ महत्वका साथ हेरिन्छ । यस प्रक्रियाअन्तर्गत बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकहरुको पहिचान, ठेगाना, पृष्ठभूमि लगायतका विषयमा जानकारी संकलन गर्दछ । ग्राहकले कुनै पनि खाता खोल्नुभन्दा अघि बैंकले यो प्रक्रिया अपनाउने गर्दछ ।
बैंकहरुले आवश्यकताअनुसार, यसको प्रक्रियामा परिमार्जन गर्ने गर्दछन् । सम्पत्ति शुद्धिकरण, भ्रष्टाचार, चोरी, ठगी लगायतका वित्तीय अपराध रोक्नका लागि केवाईसी को अवधारणा ल्याइएको हो । केवाईसीले कुनै पनि बैंक तथा वित्तीय संस्थालाई अपराधिक क्रियाकलापमा प्रयोग हुनबाट जोगाउँछ ।

केवाईसी अन्तर्गत कसैले कालोधन जम्मा गर्नका लागि अथवा भ्रष्टाचार गरेको पैसा लुकाउनका लागि बैंकको प्रयोग नगरोस भनेर बैंकमा पैसा जम्मा गर्न आउने ग्राहकको पृष्ठभूमिदेखि लिएर हरेक कुराको जाँच गरिन्छ । त्यसैले, केवाईसीले बैंकको सुरक्षामा मद्धत गर्छ । त्यस्तै, ग्राहक तथा अन्य वित्तीय साझेदारसँगको सम्बन्ध मजबुद बनाउनका लागि समेत केवाईसी सहयोगी बन्दै आएको छ ।
(KYCC) : केवाईसीसी (KYCC) लाई नो योर कस्टुमरस केयर (Know your customer’s care) भनेर पनि अध्ययन गर्न सकिन्छ । निक्षेप बढाउने तथा नाफा कमाउने होडमा बित्तीय अपराधको कारोबार बैंक तथा बित्तीय संस्थाहरु भित्र छिर्दा उक्त बैंकको ख्याती जोखीम (reputational risk)मात्र बढाउदैन देशकै बित्तीय क्षेत्रमा नकारात्मक असर तथा राष्ट्रको स्वाधिनतामा समेत खलल पुर्याउँछ । आजका बित्तीय जोखीमहरु विश्वयापीकरण भएका छन, खुल्ला सिमाना तथा भुपरिबिष्ठीत राष्ट्र भएका कारण समेत नेपालमा अपराधिक बित्तीय कारोबारको जोखीमहरु बढ्ने सम्भावना हुन्छ । नेपालमा बैंक तथा बित्तीय संस्थाको नियमनकारी निकाय तथा देशको केन्द्रीय बैंकले समेत बिसेष महत्वमा साथ हेरी रहेको ग्राहक पहिचान,ग्राहक जोखीम बर्गीकरण, एएमएल,सिएफटि जस्ता कम्पालायन्सको कार्यन्वयन बिश्व बैंकि¨ क्षेत्रकै एक महत्वपुर्ण पक्ष हो जसलाई विश्व्यापी रुपमा लागु गरिएको फिनान्सीयल एक्सन टास्क फोर्ष(एफएटिएफ) को कार्यन्वयनको रुपमा समेत हेर्ने गरिन्छ । जसकारण नेपालका बैंक तथा बित्तीय संस्थाहरुले केवाईसी(KYC) मा मात्र होईन केवाईसीसी(KYCC) मा पनि ध्यान दिनु अपरिहार्य छ ।