Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्रिय वाण्ज्यि बैंकको अध्यक्षमा इश्वर पोखरेलका सम्धीद्धारा सपथ ग्रहण

२०७७ आश्विन १५ गते


बैंकिङ खबर । राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको सदस्यको रुपमा अन्ततः उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी डा. उपेन्द्र कोइरालाले सपथ लिएका छन् । उनलाई नियुक्ति दिएको भन्दै चौतर्फी आलोचना भएको थियो । उनलाई बैंकका सञ्चालक समितिका निमित्त अध्यक्ष एवं अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माले सपथ ग्रहण गराएका हुन् । बैंकको सञ्चालक समितिको अब बस्ने बैठकले कोइरालालाई चाडै अध्यक्ष नियुक्त गर्ने तयारी भएको स्रोतको भनाइ छ ।

Ad