October 1st, 2020

श्री लालीगुराँस सहकारी २२औँ वर्षमा


बैंकिङ खबर । पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २१ औँ वर्ष पुरा गरी २२ औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले संस्थाकै लगानीमा असोज १५ गतेबाट श्री लालीगुँरास दुग्ध प्रशोधन उद्योग स्थापना गरेको बताएका छन् । संस्थाको दुधजन्य पदार्थ बिक्री शुरु भइसकेको छ। संस्थाले आजैबाट संस्थाको एटीएम सेवाको शुरुवात समेत गरेको छ । हाल संस्थामा २१ हजार शेयर सदस्य छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]