
बैंकिङ खबर । सामाजिक सुरक्षा कोषले राष्ट्रिय वाणिज्य बैंक मार्फत एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस (NPI) को प्रयोग गरी आफ्ना विभिन्न योजना तथा कार्यक्रम सम्बन्धी भुक्तानीहरु अनलाईनबाटै सोझै लाभग्राहीको बैंक खातामा जम्मा गर्ने प्रकृयाको थालनी गरेको छ । हाल कोषले उपदान सम्बन्धी भुक्तानीका साथैे आश्रित परिवार, दुर्घटना र अशक्तता सुरक्षा योजना, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना लगायतका आफ्ना भुक्तानीहरु NPI मा जोडिएका connectIPS e-Payment प्रणाली मार्फत् रियल टाइम र NCHL-IPS मार्फत नन–रियल टाइममा जम्मा हुने व्यवस्था गरेको छ ।
कोषले लाभग्राहीको दाबी अनुरोध संगै बुझाइएको बैंक खाताका विवरण अनुरुपअ नलाईन भुक्तानी प्रदान गर्नेछ । पहिले चेक मार्फत गर्ने गरिएका यी भुक्तानीहरु अब पूर्ण स्वचालित रुपमा अनलाईनबाटै हुनेछ ।
रोजगारदाताले कोषको अन्लाईन SOSYS प्रणालीमा आफूलाई रजिष्टर गराई आफ्ना श्रमिकहरुका हकमा गर्ने योगदानमा आधारित रकमको संकलन गत वर्ष देखि नै connectIPS e-Payment तथा यसका सदस्य बैंक वित्तीय संस्थाका शाखाहरु मार्फत् आफ्नो नेपाल बैंक लि.मा रहेको खातामा गर्दै आएको छ । जस अन्तर्गत हालसम्म दश हजार भन्दा बढी कारोबार मार्फत ने.रु. १.७ अर्ब बराबरको रकम संकलन भइसकेको छ ।
सामाजिक सुरक्षा कोषले सुरुवात देखि नै डिजिटल भुक्तानी प्रकृयाहरुलाई आत्मसाथ गर्दै आएको छ । कोषको यस विभिन्न भुक्तानीहरु आलाईनबाटै सोझै लाभाग्राहीको बैंक खातामा जम्मा गर्ने प्रकृयाको थालनीले कोषको डिजिटलाईजेसन प्रकृयालाई थप टेवा पु-याएको छ ।



