Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

आधा दर्जन निर्जिवन बीमा कम्पनीको आम्दानी १ अर्बमाथि 

admin २०७३ श्रावण १४ गते
सेयर:

economicआर्थिक वर्ष ०७२/७३ मा निजी क्षेत्रका निर्जीवन बीमा कम्पनीहरुले १४ अर्ब १३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यस्ता कम्पनीहरुले अघिल्लो आवको भन्दा २६ प्रतिशतले बढी बीमाशल्क आम्दानी गरेका हुन् । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीहरुले जम्मा ११ अर्ब २० करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका थिए । 

बीमा समितिको तथ्यांकअनुसार गत वर्ष ६ वटा निर्जिवन बीमा कम्पनीहरुले १ अर्बभन्दा माथिको बीमा व्यवसाय गरेका छन् । गत आर्थिक वर्ष ०७२/७३ मा हिमालयन जनरल इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, सगरमाथा एन्स्योरेन्स, शिखर इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १ अर्ब रुपैयाँभन्दा बढीको बीमा व्यवसाय गरेका हुन् । अघिल्लो आर्थिक वर्षमा १ अर्बमाथिको व्यवसाय गर्ने यस्ता कम्पनीहरु २ वटा मात्रै थिए । 

कसको आम्दानी कति ?
गत आवमा शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै कम्पनीले २ अर्ब रुपैयाँभन्दा धेरैको व्यवसाय गरेको छ । कम्पनीले अघिल्लो आवको तुलनामा ४७ प्रतिशतले बढीको व्यवसाय गरेको हो । त्यस्तै, एनएलजी इन्स्योरेन्सले १ अर्ब २१ करोड रुपैयाँ, सगरमाथा इन्स्योरेन्सले १ अर्ब १६ करोड रुपैयाँ, सगरमाथा इन्स्योरेन्सले १ अर्ब ११ करोड रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले १ अर्ब ८७ लाख रुपैयाँ र हिमालयन इन्स्योरेन्सले १ अर्व ५ करोड रुपैयाँ बीमा शूल्कआम्दानी गरेका छन् । अघिल्लो वर्ष शिखर इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स मात्रै १ अर्बभन्दा माथिको बिमा व्यवसाय गरेका थिए ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।