September 25th, 2020

विस्तृत मुद्राप्रदाय ०.३ प्रतिशतले बृद्धि (नयाँ मौद्रिक स्थिति यस्तो छ )

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक रिपोर्ट अनुसार विस्तृत मुद्राप्रदाय ०।३ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा/नोक्सान समायोजित) पनि रु. ५१ अर्ब ४६ करोड (३.९ प्रतिशत) ले बढेको छ ।

हेरौ मौद्रिक स्थिति

मुद्राप्रदाय :

आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनामा विस्तृत मुद्राप्रदाय ०.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ०.४ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ साउन मसान्तमा विस्तृत मुद्राप्रदाय १८.९ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा/नोक्सान समायोजित) रु. ५१ अर्ब ४६ करोड (३.९ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु. ६ अर्ब ५ करोड (०.६ प्रतिशत) ले बढेको थियो ।

समीक्षा अवधिमा सञ्चित मुद्रा १.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा ६.२ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ साउन मसान्तमा सञ्चित मुद्रा ३७ प्रतिशतले बढेको छ ।

कुल आन्तरिक कर्जा :
आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनामा कुल आन्तरिक कर्जा १.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १.१ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ साउन मसान्तमा यस्तो कर्जा १३.३ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावीमा खासै परिवर्तन आएको छैन । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ साउन मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ११.३ प्रतिशतले बढेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]