१५ ओटा म्युचुअल फण्डद्धारा नगद लाभांश वितरण गर्ने घोषणा

गत आव २०७६/७७ को मुनाफाबाट १५ ओटा म्युचुअल फण्डले नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन् । १५ ओटा म्युचुअल फण्डहरुमध्ये सबैभन्दा बढी सिटीजन्स म्युचुअल फण्ड १ ले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

फण्डले असोज १५ गते बुक क्लोज गरेसँगै असोज १४ गतेसम्म कायम इकाईधनीले योजनाले प्रस्ताव गरेको लाभांश पाउनेछन् । १५ ओटा म्युचुअल फण्ड मध्ये ९ ओटा फण्डले बुक क्लोज गरिसकेका छन् । ९ ओटा फण्डमध्ये पनि केही म्युचुअल फण्डले नगद लाभांश इकाईधनीको बैंक खातामा पठाएका छन् भने केहीले पठाउने तयारी गरेका छन् । 

५ ओटा म्युचुअल म्युचुअल फण्डले इकाईधनीको बैंक खातामा नगद लाभांश पठाएका छन् । एनआईसी एशिया ब्यालेन्स फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड, सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ र एनआइबिएल प्रगति फण्डले पनि इर्काधनीको बैंक खातामा नगद लाभांश पठाएका हुन् । 

सूचीकृत १७ ओटा म्युचुअल फण्डमध्ये सानिमा इक्विटी फण्ड र एनआइबिएल प्रगति फण्डले लाभांश घोषणा गर्न बाँकी रहेको छ । सिटीजन्स म्युचुअल फण्ड- २ ले बुक क्लोज असोज १५ गते गरेसँगै असोज १४ गतेसम्मका कायम इकाईधनीले नगद लाभांश पाउनेछन् । 

त्यसैगरी एनएमबि हाइब्रिड फण्ड १ र एनएमबि- ५० ले असोज १६ गते बुक क्लोज गरेसँगै असोज १५ गतेसम्मका इकाईधनीले इकाई कायम गर्नु पर्नेछ । सनराइज फर्स्ट म्युचुअल फण्डको असोज ११ गते बुक क्लोज गरेसँगै इकाईधनीले असोज १० गतेसम्म इकाई कायम गर्नुपर्ने हुन्छ । 

                                                                                              स्रोत : म्युचुअल फण्डद्वारा प्रकाशित विवरण

 

आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार ।


सोसिअल मेडिया