September 24th, 2020

१४.७५ प्रतिशत भन्दा बढी ब्याज लिने सहकारीलाई कार्बाही गरिने

बैंकिङ खबर । सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले सन्दर्भ ब्याजदर कार्यान्वयन नगर्ने सहकारीलाई कार्बाही गरिने बताएका छन् । सन्दर्भ ब्याजदकार विषयमा सहकारी पत्रकार समाजले गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सन्दर्भ ब्याजदर कार्यान्वयन नगर्ने सहकारी संस्थालाई कारबाही गरिने बताए । गत वर्ष १६ प्रतिशत भन्दा माथि व्याज लिन नपाउनेगरी सन्दर्भ व्याजदर तोकीएको थियो भन आगामी कात्तिक १५ गतेदेखि लागू हुने गरी विभागले १४।७५ प्रतिशत सन्दर्भ ब्याजदर तोकेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]