बैंकिङ खबर । नेपाली बजारमा बुधबार समेत सुनचाँदीको मूल्यमा गिरावट आएको छ । हिजो मंगलबार तोलामा ९५ हजार ५ सय रुपैयाँ कायम भएको छापावाला सुनको मूल्य बुधबार तोलामा ९४ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुन तोलामा ९३ हजार ८०० रुपैयाँ कायम भएको छ भने मंगलबार १२ सय ३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर तोलामा ११ सय ९० कायम भएको महासंघले जनाएको छ।