बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले कोरोना कोषमा नाफाको एक प्रतिशत जम्मा गर्न दिएको निर्देशन बिरुद्ध सर्बोच्चले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले सोमबार यस्तो आदेश जारी गरेको हो । आदेशमा नेपाल राष्ट्र बैंकले खुद मुनाफाको एक प्रतिशत रकम कोरोना कोषमा राख्नु भनेर दिएको निर्देशनबारे १५ दिनभित्र लिखित कारण पेश गर्न भनिएको छ । अधिवक्ता शशी वस्नेतले नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । नेपाल राष्ट्र बैंकले गत साउनमा बैंक तथा वित्तीय संस्थालाई पत्राचार गरी कोरोना कोषमा नाफाको एक प्रतिशत रकम जम्मा गर्न निर्देशन दिएको थियो ।