Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कस्ता बैंकले लाभांस (बोनस वा नगद) वितरण गर्न पाउँदैनन् ?

२०७७ आश्विन ६ गते

बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाहरुले वार्षिक रुपमा न्यूनतम पुँजीकोष कायम गर्नुपर्ने हुन्छ । केन्द्रीय बैंकले जारी गरेको एकीकृत निर्देशनमा न्यूनतम पुँजीकोष कायम नगर्ने बैंक तथा वित्तीय संस्थालाई लाभांश (बोनस वा नगद) घोषणा तथा वितरण गर्न रोक लगाइएको छ । न्यूनतम वार्षिक पुँजीकोष कायम गर्न नसक्ने इजाजत पत्रप्राप्त वित्तीय संस्थाले अबदेखि लाभांश (बोनस वा नगद) वितरण गर्न पाउने छैनन् । नेपाल राष्ट्र बैंकका अनुसार प्रत्येक महिनाको मसान्तको वित्तीय विवरणका आधारमा तोकिएको ढाँचामा तयार गराई आन्तरिक लेखापरीक्षकबाट प्रमाणित गराई रिर्पोटिङ्ग पोर्टलमार्फत प्रत्येक महिना समाप्त भएको १५ दिनभित्र पठाउनुपर्ने व्यवस्था छ । सोहि व्यवस्थामा कडाई गर्दै नेपाल राष्ट्र बैंकले आर्थिक बर्षभरीमा सबै महिनामा तोकिए बमोजिम पुँजीकोष अनुपात कायम गर्ने संस्थालाई मात्र लाभांश (बोनस वा नगद) वितरण गर्नसक्ने नीति लिएको हो । जसअनुसार ‘क’ वर्गका वाणिज्य बैंकलाई न्यूनतम ११ प्रतिशत, ‘ख’ वर्गका विकास बैंकलाई १० प्रतिशत र ‘ग’ वर्गका फाइनान्स कम्पनीलाई ९ प्रतिशत पुँजीकोष अनुपात तोकिएको छ ।

Ad