September 20th, 2020

अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजीका भिन्नताहरु :

बैंकिङ खबर । अधिकृत पुँजी : अधिकृत पुँजी भन्नाले कम्पनीले आफ्नो जारी पुँजी वृद्धि गर्न सक्ने अधिकतम सीमा भन्ने बुझिन्छ । यस्तो अधिकतम सीमा कम्पनीको प्रबन्धपत्र संशोधन गरी वृद्धि गर्न सकिने कानुनी व्यवस्था छ ।

जारी पुँजी : जारी पुँजी भन्नाले कम्पनीले सेयरधनीहरु बाट संकलन गर्ने लक्ष्य राखेको पुँजीलाई बुझिन्छ । सेयरधनीहरुले सोही अनुरुप पुँजी जम्मा गर्ने प्रतिवद्धता जाहेर गरेका हुन्छन् ।

चुक्ता पुँजी : चुक्ता पुँजी भन्नाले कम्पनीद्वारा जारी गरिएको, सेयरधनीहरुले कबोल गरेको पुँजी मध्ये सम्बन्धित सेयरधनीहरुबाट चुक्ता गरिएको कुल पुँजी भन्ने बुझिन्छ । उदाहरणको लागि एक सय रुपैयाँ प्रति सेयरका दरले जारी गरिएको सेयरमा सेयरधनीहरुबाट प्रतिसेययर ५० रुपैयाँ मात्र तिरेको भएमा ५० रुपैयाँ प्रति सेयर चुक्ता मूल्य हुन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]