September 19th, 2020

भदौमा लक्ष्यभन्दा ६ अर्ब कम राजस्व संकलन

सरकारले भदौमा लक्ष्यभन्दा ६ अर्ब कम राजस्व संकलन गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार भदौ महिनामा ३० अर्ब ८१ करोड ७१ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा २४ अर्ब ९८ करोड ८२ लाखमात्र संकलन भएको हो । यो लक्ष्यको ८१.०९ प्रतिशतमात्र हो । लक्ष्य अनुसार सबैभन्दा कम अन्तःशुल्क ६७.४१ प्रतिशतमात्र संकलन भएको छ । विभागले ३ अर्ब ९६ करोड अन्तःशुल्क उठाउने लक्ष्य राखेकोमा २ अर्ब ६६ करोडमात्र असुल भएको छ ।
त्यसैगरी भन्सार महशुल १३ अर्ब ५४ करोड ७२ लाखको लक्ष्यमा ८५.३९ प्रतिशत, मूल्य अभिवृद्धि कर १३ अर्ब ३० करोड ९२ लाख लक्ष्य राखेकोमा ७५.१९ प्रतिशत राजस्व असुली गरेको विभागले जनाएको छ ।
विभागका अनुसार आर्थिक वर्ष २०७७-०७८ को दुई महिना अर्थात् साउन र भदौसम्ममा ५० अर्ब ७१ करोड ६ लाख राजस्व संकलन लक्ष्य राखेकोमा ४७ अर्ब ८३ करोड ५२ लाख संकलन गरेको छ । जुन लक्ष्यको ९४.३३ प्रतिशत हो ।

कारोबार दैनिकमा प्रकाशित समाचार ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]