Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

व्याजदर परिबर्तन, स्थायीत्व र असोज मसान्तको सिमा

२०७७ आश्विन ४ गते

बैंकिङ खबर । बैंकवित्तहरु धमाधम व्याजदर परिवर्तन गर्न लागि परेका छन् । यस अघि तोकिएको व्याजदरमा परिवर्तन हुने भएको छ । नेपाल राष्ट्र बैंकले कर्जामा व्याजदर कर्जा अवधिभर कायम हुनुपर्ने नीति ल्याएपछि बैंकहरु व्याजदर परिवर्तन गर्न बाध्य बनेका छन् । व्याजदरको अस्थीरता कायम भइरहँदा नेपाल राष्ट्र बैंकले हालै संसोधन गरेको एकिकृत निर्देशीकामा कर्जा प्रवाहमा कर्जा दिने बेला तोकिएको व्याजदर कर्जा अवधिभर कायम गर्नुपर्ने नीति ल्याएको थियो । सोही नीति कार्यान्वयनका लागि हाल कायम भएको व्याजदर फेरि बढ्ने संकेत गरिएको छ । बैंकहरु आपसी छलफलबाट व्याजदरको स्थायीत्व कायम हुने गरी अघि बढ्न खोजेका छन् । केही बैंकवित्तले नयाँ व्याजदर सार्वजनिक गरीरहँदा व्याजदर तलमाथि भइसकेको छ । लकडाउन खुलेसँगै कर्जाको माग बढ्ने आशा बैंकिङ क्षेत्रले लिएको छ । कर्जाको व्याज सँगै निक्षेपमा पनि बैंकहरुले केही प्रतिशत व्याज बढाउने तयारी गरीरहेका छन् ।

उता नेपाल राष्ट्र बैंककले थप निर्देशन जारी गर्दै असोज मसान्त भित्रको समय खवधि तोकिदिएको छ । जसअनुसार बैंकवित्तहरुले असोज मसान्तसम्म गाडी, घर तथा किस्ताबन्दी बस्तेको कर्जाको स्थिर ब्याजदर तोकिसक्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई निर्र्देशन दिँदै एकीकृत निर्देशिका २०७७ ले गरेको व्यवस्था बमोजिम पहिलो पटकका लागि असोज मसान्त भित्र गाडी र घर कर्जाको स्थीर ब्याजदर तोक्न भनेको हो । घर कर्जा, गाडी कर्जा वा अन्य किस्ताबन्दी सामानको आवधिक भुक्तानी अवधिभरी एउटै व्याजदर कायम हुनेगरी यस अघि राष्ट्र बैंकले एकिकृत निर्देशीका संसोधन गरेको थियो । सोही अनुसार असोज मसान्तभित्र बैंकवित्तले स्थायीत्व व्याजदर तोक्नुपर्ने छ । सुरुमा जुन व्याजदरमा कर्जा प्रवाह हुन्छ उक्त बस्तुको कर्जा भुक्तानी म्याद अवधिभर सोही व्याजदर कायम गर्नुपर्ने हुन्छ । यस अघि तोकिएको व्याजदरमा बेंकवित्तले परिवर्तन गर्दै आएका थिए । यो नियम व्याजदर तोकिएपछि नयाँ ऋणीका लागि लागु हुन्छ ।

Ad