Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा समितिद्धारा कोरोना बीमा मापदण्डमा संशोधन, केके छन् नयाँ व्यबस्था ?

२०७७ भाद्र २९ गते

बैंकिङ खबर । बीमा समितिले कोरोना बीमा मापदण्डमा संशोधन गरेको छ । जस अनुसार निजी प्रयोगशालामा कोरोना भाइरस संक्रमण पुष्टि भएकालाई पनि भुक्तानी दिइने भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड १९ परीक्षण गर्न सुचिकृत भएका सरकारी तथा निजी अस्पताल वा प्रयोगशालाबाट पीसीआर परीक्षण गर्दा कोभिड १९ रोग संक्रमण देखिएको सक्कल रिपोर्ट पेश गर्नुपर्ने छ’ संशोधित मापदण्डमा भनिएको छ । प्रयोगशालामा काम गर्ने कर्मचारीले भने आफू कार्यरतबाहेकका प्रयोगशालामा परीक्षण गर्नुपर्ने छ । बीमा समितिले आइतबार कोरोना बीमा मापदण्ड २०७७ तथा कोरोना बीमालेखमा संशोधन गरेको हो ।