बैंकिङ खबर । आज शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । बिहीबार तोलामा ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ९६ हजार ५०० रुपैयाँ काया भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता तेजावी सुनको मूल्य भने ९६ हजार रुपैयाँ कायम भएको छ । यस्तै, आज चाँदीको मूल्यमा पनि केही गिरवावट आएको छ । चाँदी शुक्रबार प्रतितोला १३सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
