Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

धितोपत्र बोर्डद्धारा संशोधित सामूहिक लगानी कोष नियमावली कार्यान्वयनमा

२०७७ भाद्र २५ गते

 नेपाल धितोपत्र बोर्डले नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृति भएको सामूहिक लगानी कोष (चौथो संशोधन) नियमावली लागु गरेको छ । बोर्डले २०७७ भदौ २४ गतेदेखि सामूहिक लगानी कोष (चौथो संशोधन) नियमावली लागू गरेको हो । उक्त संशोधन मार्फत योजना व्यवस्थापकले खुलामुखी योजनाको इकाई पुर्नखरिद गर्दा लिने शुल्क (एक्जिट फि) योजनको आयमा लेखांकन गर्नुपर्ने व्यवस्था गरिएको छ । यस अघि उक्त आयको लेखांकन योजना व्यवस्थापकले गर्ने गरेका थिए । बिद्घमान व्यवस्थाले इकाइधनी (लगानीकर्ता) को कोष मजबुत भई बढी प्रतिफल पाउन सहयोग पुग्नेछ । त्यस्तै, उक्त नियमावलीको नियम ४० को उपनियम (४) मा योजना व्यवस्थापक र योजनाको लेखा परिक्षकको नियुक्ती गर्दा बोर्डलाई जानकारी दिई नियुक्त गर्न सक्ने व्यवस्था गरिएको छ । यस अघि सो बोर्डबाट स्वीकृति लिएर मात्र गर्न सकिने व्यवस्था रहेको थियो । उक्त व्यवस्था लागू भएसँगै खुलामुखी सामूहिक लगानी योजनाको आयमा बृद्धि भई लगानीकर्ताहरुको हित हुने बोर्डको अपेक्षा रहेको छ ।