September 9th, 2020

सहकारीको साढे ५ करोड भन्दा बढी ठगी गरेको आरोपमा सहकारीका प्रबन्धक नै पक्राउ

बैंकिङ खबर । सहकारीको साढे ५ करोड बढी ठगी गरेको आरोपमा सहकारीका प्रबन्धक नै पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२१ न्युरोडस्थित नौलो परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ५ करोड ६७ लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका-३१ बस्ने ४४ वर्षीय राजकाजी खड्गीलाई प्रहरीले पक्राउ गरेको हो । उनी माथि सहकारीको प्रबन्धक पदमा कार्यरत रहँदा त्यहाँको हिसाब नदेखाई रकम ठगी गरेको आरोप लगाइएको छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]