Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा समितिले निर्णय उल्टायो : निजी ल्याबको रिपोर्ट मान्य हुने, तर थप अध्ययन गर्ने

२०७७ भाद्र २१ गते

बैंकिङ खबर । बीमा समितिको सरकारी अस्पतालले मात्रै दिएको रिपोर्ट लागु गर्ने निर्णय २ दिन पनि टिक्न सकेन । चौतर्फी आलोचनापछि कोरोना बीमाको दाबी भुक्तानीका बारे समितिले अर्को निर्णय गरेको छ । आइतबार बसको समितिको बैठकले निजी ल्याबमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिए पनि कोरोना बीमाको भुक्तानी गर्ने अर्को निर्णय गरेको हो। समितिले निजी ल्याबको रिपोर्टलाई थप अध्ययन गर्ने भन्ने कुरा भने उल्लेख गरेको छ । यसअघि समितिले कोरोना बीमा मापदण्डमा नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पीसीआर परीक्षण गरेको रिपोर्ट हुनुपर्ने निर्णय सहितको निर्देशन बीमा कम्पनीहरुलाई दिएको थियो ।