September 5th, 2020

लघुवित्त क्षेत्रको चुनौतिलाई अबसरमा बदल्ने समय :

अर्जुन प्रसाद पोखरेल / नेपाल राष्ट्र बैंकको तथ्यांकको आधारमा नेपालमा बांणिज्य बैंकहरुको संख्या २७, बिकाश बैंकहरुको संख्या २३, वित्तिय कम्पनिहरुको संख्या २२, पुर्बाधार बिकाश बैंकको संख्या १ र लघुवित्त वित्तिय संस्थाहरुको संख्या ९० मध्ये ४ वटा संस्थाहरुले लघुवित्त सम्बन्धी थोक कर्जाको कारोवार गर्छन् भने बांकी ८६ वटा ग्रामिण बैकिङ पद्धति अनुशरण गर्ने संस्थाहरु छन् । ७५३ आधारभुत प्रशासनिक स्थानिय निकाय मध्ये ७४६ स्थानिय निकायमा बांणिज्य बैंकहरुले आफ्नो उपस्थिति जनाईसकेको अबस्था छ भने बांकी ७ स्थानिय निकायमा समेत यि बैंकहरुलाई शाखा स्थापना गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिईरहेको अबस्था छ । कुल सम्पत्तिको कुल ग्राहस्थ उत्पादनसंगको अनुपात प्रतिशतमा बाणिज्य बैंकहरुको १०४।३० प्रतिशत, बिकाश बैंकहरुको १३।२० प्रतिशत, वित्त कम्पनिहरुको ३।२० प्रतिशत र लघुवित्त वित्तिय संस्थाहरुको ७।९० प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको २०७५∕०७६ चौथो त्रैमास प्रतिबेदनबाट प्रमाणित हुन्छ । नेपालमा शुरु देखि हाल सम्म बैंक तथा वित्तिय संस्थाहरुलाई केलाउदा एकातिर बांणिज्य बैंक, बिकाश बैंक र वित्त कम्पनिहरुको संख्या घट्दो क्रममा रहेको पाईन्छ भने लघुवित्त वित्तिय संस्थाहरुको संख्या बढ्दो क्रममा रहि हाल केहि समय स्थिर देखिन्छ । नेपाल राष्ट्र बैंकको २०७७∕०७८ को मनिटरी पोलिसिले नयां स्विकृति लिने लघुवित्त संस्थाहरुको ईजाजत बन्द गर्ने भएबाट अहिलेको संख्यानै लघुवित्त वित्तिय संस्थाहरुको संख्या उच्चतम बिन्दुमा पुगेको पाईन्छ अब बिज्ञानको सिद्धान्त अनुसार पनि निश्चित बिन्दुमा पुगि सके पछि तेहि अडिग रहन सक्तैन र बिस्तारै झर्न सुरु गर्छ ठिक तेहि अबस्थामा अहिले नेपालको लघुवित्त वित्तिय संस्थाहरुमा देखिन्छ परिणाम केहि लघुवित्त मर्जर भएर एकिकृत कारोवार शुरु गरिसकेको कारण लघुवित्तको निम्न अबस्था देख्न सकिन्छ ।

तथ्यांकको आधारमा गृहस्थ उत्पादनमा ४.३० प्रतिशत अंश रहेको यस क्षेत्रलाई राज्यले सन्तुलित रुपमा समेट्न नसकेता पनि राष्ट्रबैंकको मौद्रिक नितिले भने थोरै भएपनि यस क्षेत्रलाई समेटेकोमा शन्तोष मान्नुनै पर्ने अबस्था छ । यसरी एकातिर संख्याको बृद्धिले असहजता महशुस गर्नु परेको र अर्को तिर यसबाट सृजना भएका अश्वस्थ प्रतिस्प्रधा, दोहोरो पना र अधिक कर्जा लगानि आदि कारणले यस क्षेत्रलाई थप गोलमटोल बनाईरहेको देखिन्छ अमm थप बाहिरी बाताबरणले समय समयमा गांजि रहेको छ जस्तो : गोर्खा भुकम्प २०७२, मदेश आन्दोलन ,बाढी पहिरो आदि । यसरी एक पछि अर्कोले समय समयमा आक्रमण गरिनै रहेको यस क्षेत्रलाई फेरी कोभिड १९ नामको महामारीले २०७६ चैत्र देखि मरणाशन्न अबस्थामा पु—याएको छ । हरेक संकटले अबसरको श्रृजना गर्दछ भन्ने उखान यतिबेला नेपालका लघुवित्त क्षेत्रमा मिल्न पुगेको छ । अन्य असहज परिस्थिति त छदैथियो यसैमा कोभिड समेत थप हुंदा यस क्षेत्रको खराब कर्जा २०७५∕०७६ को भन्दा २०७६∕०७७ मा ६१ लघुवित्तहरुको चौथो त्रैमासको प्रकाशित प्रतिबेदनको आधारमा औषतमा २.८९ प्रतिशत बढेको छ भने बृद्धिदर २४१ प्रतिशत देखिन्छ ।

यसरी एकातिर खराब कर्जामा बृद्धि छ भने अर्कोतिर निक्षेप तथा कर्जा लगानि २ देखि ५ प्रतिशत मात्र कारोवार भएको देखिन्छ यो प्रतिशत भनेको करिब करिब कारोवारै नभएको स्थिति हो । यस चुनौतिको समयलाई लघुवित्त वित्तिय संस्थाहरुले सम्पुर्ण सामथ्र्य मर्ज वा प्राप्तीमा लगाएर सके सम्म सक्षम, सबल, सुदृढ र बलियो संस्थाको रुपमा स्थापित भई अबस्थाको सहजता हुने बित्तिकै ग्राहकमैत्री बस्तु तथा सेवा ग्राहक समक्ष लैजाने र गुणस्तरीयका साथ कार्यक्रम गर्नु पर्ने देखिन्छ । नेपाल राष्ट्र बैंकले पनि मौद्रिक निति मार्फत यस कार्यलाई थप प्रोत्साहित गरेको छ भने हरेक लघुवित्तका शाखाहरुमा पनि ठुलो परिणाममा कार्यक्रम नभएको अबस्थामा मर्ज वा प्राप्तीनै यो अबस्थाको अबसर हुनसक्छ परिणाम लघुवित्त वित्तिय संस्थाको संख्या घट्न गई ग्राहकले संस्था रोज्ने दिन हराउने र संस्थाले ग्राहक रोज्ने अबस्थाको श्रृजना हुन जान्छ फलस्वरुप लक्षित बर्ग समेटिने र लक्षित बर्ग भित्र नपरेका तर बर्तमान अबस्थामा अरुलाई प्रयोग गरी कर्जाको रजाई गरेका बाहिरिने अबस्था हुन्छ । तब मात्र लघुवित्त वित्तिय संस्थाहरुको कार्यक्रम गुणस्थर युक्त र भरपर्दो हुनजान्छ । तर मर्ज वा प्राप्तीको नाममा गरिएका केहि नजिरहरुलाई अध्ययन गर्दा मर्जर वा प्राप्तीमा निम्न पक्षलाई ध्यान नदिई गरिएका मर्जर वा प्राप्ती फलदायि, सबल, सक्षम र सुद्रिढ हुनुको सट्टा आर्थिक अपचलन, मानबिय स्रोत साधनमा बिद्रोह, असन्तुष्टि, कार्यक्रम चुस्त दुरुस्तमा बाधा र ग्राहकबर्गमा अन्योल आदी कारणहरुले संस्थालाई अग्रगतिको सट्टा अधोगतिमा लगेको पाईन्छ । त्यसैले संस्था संस्था बिचको मात्र मर्जर नभई बास्तबमै संस्था संथा बिचका सप्पुर्ण पक्षलाई मर्ज गराउन सकेको अबस्थामा पक्कै पनि सबल, सक्षम, सुद्रिढ र दीर्घकालिन संस्था बन्छ । सबै लघुवित्त संस्थाहरुले कोभिड १९ ले थिल थिलो पारेको यो समयलाई अबसरको रुपमा प्रयोग गरेर मर्जर वा प्राप्तीमा गर्नु श्रेयस्कर हुने छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]