Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा समितिद्धारा नीजि क्षेत्रको कोरोना रिपोर्टलाई भुक्तानी नदिन निर्देशन

२०७७ भाद्र १९ गते

बैंकिङ खबर । बीमा समितिले सरकारी ल्याबबाहेकका कुनैपनि नीजि क्षेत्रले गरेको कोरोना परीक्षणको रिपोर्टलाई मान्यता नदिने भएको छ । समितिले निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिँदै कोरोना बीमा मापदण्ड २०७७ को परिच्छेद ३ को दफा ११ अनुसार नेपाल सरकार स्वस्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पीसीआर परीक्षण गरेको रिपोर्टलाई मात्रै भुक्तानी व्यबस्था गर्न भनेको छ । समितिले सबै निर्जीवन बीमा कम्पनीलाई परिपत्र गर्दै सरकारी निकायलाई मात्रै मान्यता दिन निर्देशन दिएको छ ।