बैंकिङ खबर । नेपाल कम्युनिष्ट पार्टी सचिवालय बैठकले राष्ट्रियसभाको सदस्यमा पार्टी उपाध्यक्ष बामदेव गौतमलाई लैजाने निर्णय गरेको छ । यो निर्णयले अर्थमन्त्री डा युवराज खतिवडाको मन्त्री पद सकिने भएको छ । खतिवडालाई यसअघि राष्ट्रिय सभा सदस्य हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीको बलमा अर्थमन्त्री बनाइएको थियो । पार्टीभित्र चर्को विरोध भएपनि खतिवडा अर्थमन्त्री बन्न सफल भएका थिए । अब भने उनी मन्त्री नरहने पक्का भएको छ । अर्थमन्त्रीमा पार्टीले सिफारीस गरेका व्यक्तिलाई ल्याइने बताइएको छ ।