Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

श्रमिकको सामाजिक सुरक्षावापत फेरि ८५ करोड

२०७७ भाद्र १८ गते

सरकारले लकडाउन अवधिमा रोजगारदाताको दायित्वमा परेको योगदानमा आधारित सामाजिक सुरक्षा वापतको ८५ करोड रुपैयाँ निकासा गरेको छ । यो रकम सामाजिक सुरक्षा योजनामा योगदान गर्ने ६० हजार श्रमिक तथा कर्मचारीको योगदान वापतको रकम हो ।
अर्थ मन्त्रालयले निकासा गरेको रकम सामाजिक सुरक्षा कोषले आउने हप्ताबाट श्रमिकको खातामा जम्मा गर्ने तयारी गरेको छ । कोषले लकडाउनका कारण समस्यामा परेका रोजगादाता प्रतिष्ठानले श्रमिकका नाममा बुझाउनुपर्ने तीन महिनाको रकम श्रमिकको खाता राख्ने भएको हो । कोषका कार्यकारी निर्देशक कपीलमणि ज्ञवालीले अर्थ मन्त्रालयले केही दिन अघि नै पैसा कोषको खातामा जम्मा गरिसकेको जनाउँदै एक हप्तासम्म विवरण रुजु गरेर श्रमिकको योगदानखातामा जम्मा गर्ने जानकारी दिए । यसअघि चैत महिनाको १८ करोड रुपैयाँ भने कोषले श्रमिकको खातामा जम्मा गरिसकेको छ । यससहित सरकारले लकडाउनमा समस्यामा परेका रोजगारदाताको तर्पmबाट जम्मा गर्नुपर्ने १ अर्ब रुपैयाँ भन्दा बढी श्रमिकलाई अनुदान दिएको छ ।
“यसअघि चैत महिनाको रकम वैशाखमा नै सरकारले निकासा गरिसकेको छ,” कार्यकारी निर्देशक ज्ञवालीले भने, “कोषले वैशाख, जेठ र असारको रकम वितरण गर्ने तयारी गरेको छ ।” हाल लकडाउन थप गरिएका कारण यो अवधिको रकम दिने कि नदिने भन्ने बारे भने कुनै निर्णय भएको छैन । सामाजिक सुरक्षा योजनामा सरकारले दायित्वको रुपमा लकडाउनको योगदान रकम भुक्तानी गर्न श्रमिकले पारिश्रमिक पाएको शर्त राखेको छ । लकडाउनका कारण श्रमिक, कर्मचारीको रकम जम्मा गर्न नसक्ने रोजगारदाताले विवरण पेश गरेर आफना श्रमिकको अनुदान रकम दाबी गर्न सक्नेछन् । यसका लागि कोषले रोजगारदातालाई सूचना गर्ने जनाइएको छ । रोजगारदाताले श्रमिकको पारिश्रमिक भुक्तानी गर्न नसक्दा योगदान रकम समेत समयमा केही श्रमिकको खातामा जम्मा हुन सकेको छैन । सरकारले चैत महिनादेखि श्रमिकले पाउनु पर्ने ३१ प्रतिशत रकम नै जम्मा गदै आएको छ । आगामी आर्थिक वर्षको बजेट बक्तब्यमा सरकारले लकडाउनका कारणले अति प्रभावित हुने औपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरूले सामाजिक सुरक्षा कोषमा श्रमिकको ११ प्रतिशत तथा रोजगारदाताहरूको तर्फबाट २० प्रतिशत गरी जम्मा ३१ प्रतिशत बमोजिम हुन आउने योगदान रकम कोषमा जम्मा गर्ने जनाएको छ । लकडाउनका अवधीको तलब नियमित रुपमा भक्तानी गरेको विवरण सहितको आधिकारीक पत्र कोषमा पठाएपछि मात्र श्रमिकको योगदान रकम जम्मा हुने छ । यसरी सम्बन्धित रोजगारदाता, प्रतिष्ठानबाट प्राप्त पत्रका आधारमा कोषले सम्बन्धित योगदानकर्ताको योगदान रकम जम्मा गर्ने व्यवस्था मिलाईएको कोषले जनाएको छ ।
सामाजिक सुरक्षा योजनामा १ लाख ७२ हजार ९१० योगदानकर्ता र १२ हजार ६४८ रोजगारदाता सूचिकरण भईसकेका छन । सूचिकरण भएका मध्ये ६० हजार श्रमिकले १ अर्ब ७१ करोड ६ लाख रुपैयाँ योगदान गरेका छन । योगदान रकम जम्मा गरेकामध्ये ४०४ जनाले विभिन्न शीर्षकमा रकम दावी भुक्तानी पाएको कोषले जनाएको छ । यसमध्ये औषधि उपचार, स्वास्थ्य तथा मातृत्व अन्र्तगत ३५० श्रमिकले सेवा भुक्तानी पाइसकेका छन । यसरी नै दुर्घटना असक्तता सुरक्ष सेवा भुक्तानी २६, आश्रित परिवार सुरक्षा भुक्तानी ९ जना र उपदान १९ जनाले पाएको कोषले जनाएको छ । कोषका कार्यकारी निर्देशक ज्ञवालीले लाकडाउनको अवधिमा समेत ३० हजारभन्दा बढी योगदानकर्ताहरू सूचीकृत भएको जानकारी दिए ।

१. सार्वजनिक, निजी क्षेत्र र विशेष कार्यक्रम मार्फत ५,००,००० रोजगारी सृजना गर्ने लक्ष्य अनुरुप प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २,००,००० जनालाई रोजगारी प्रदान गरिनेछ ।

२. योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुने लाभग्राहीको संख्या ५.००,००० पुर्याउने साथै सामाजिक सुरक्षामा आबद्ध प्रतिष्ठान संबद्ध श्रमिकको संख्या ५० प्रतिशत पाइन्छ ।

३. अनौपचारिक तथा स्वरोजगारमा रहेका श्रमिक र सार्वजनिक निकायमा रहेका अस्थाई तथा सरकार के श्रमिकों सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न अध्ययन कार्यदल मार्फत कार्य भईरहेको छ ।

 

कारोबार दैनिकमा प्रकाशित समाचार ।

Ad