अर्थमन्त्री डा. युवराज खतिवडा पूर्ण असफल अर्थमन्त्री हुन् । उनी अरुका कुरा नसुन्ने, व्यबसायीलाई मन नपराउने र अर्थतन्त्र संहाल्न नसक्ने व्यक्ति हुन् । उनको विरोध गर्नु विरोधका लागि विरोध होइन । न त कुनै राजनीतिक रंग भरेर बोल्न जरुरी छ । यसको अर्थ यसअघिका अर्थमन्त्रीहरु सही थिए भन्ने होइन । स्थायी सरकारमा अर्थमन्त्री भएसँगै डा. खतिवडाका सामु धेरै अबसरहरु आएका थिए । तथापी उनले अबसरलाई मजाक ठाने । उनले गरेका काम सबैका सामु छर्लङग छन् । तर पनि उनीसँग के क्षमता छ जसलाई प्रधानमन्त्रीले हटाउनै चाहान्न् । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा डा. युवराज खतिवडा नै हुनुपर्ने बताएका छन् । ओलीले पार्टीका अर्का नेता पुष्पकमल दाहाल प्रचण्डसँग पनि यही प्रस्ताब राखेका छन् । समाचार स्रोतका अनुसार प्रचण्डसँग भएको भेटवार्तामा उनले राष्ट्रिय सभामा डा. युवराज खतिवडा नै हुनुपर्ने अडान राखे । पार्टीले रिक्त राष्ट्रिय सभामा वामदेव गौतमलाई लैजाने निर्णय गरेको थियो । तर ओलीले खतिवडा नै आबश्यक भएको भन्दै सहयोग गर्न प्रचण्डसँग बुधबार अनुरोध गरेका छन् ।
नेपाल राष्ट्र बैंक
खतिवडासँग के क्षमता छ ? जसलाई जोगाउन प्रधानमन्त्री हारगुहार गरीरहेका छन् !
२०७७ भाद्र १७ गते