Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंकका कर्मचारी अमृत सापकोटाको अल्पायुमै निधन

२०७७ भाद्र १७ गते

बैंकिङ खबर । शाइनरेसुङ्गा डेभलपमेन्ट बेंक जिमिरेभार शाखा नवलपरासीमा कार्यरत २० बर्षे अमृत सापकोटाको निधन भएको छ । उनको समयमा उपचार नपाएर मृत्यू भएको देखिएको छ । जण्डीस र टाइफाइडका कारण उनको मृत्यू भएको साइनरेसुङगा डेभलपमेन्ट बैंक जिमिरेभार शाखाका शाखा प्रमुख रामप्रसाद कंडेलले बैंकिङ खबरलाई जानकारी गराएका छन् । उनका अनुसार सापकोटा गत बुधबारसम्म कार्यालय नियमित रुपमा आइरहेका थिए । गत शनिबार काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उनको मृत्यू भएको हो ।

सामान्य अबस्थामा रहेका उनी गत बुधबारसम्म रेगुलर रुपमा कार्यालयमा काम गरीरहेका थिए । विहीबार सामान्य बान्ता गरेका उनलाई शुक्रबार भरतपुर अस्पताल लगीएको थियो । भरतपुर अस्पतालले काठमाडौं रिफर गरेपछि शनिबार काठमाडौंस्थित ग्राण्डी अस्पतालमा ल्याइएका सापकोटाको सोही अस्पतालमा शनिबार नै मृत्यू भएको थियो । जण्डीस र निमोनियाबाट उनको मृत्यु भएको जनाइएको छ ।
उनको कोरोना परिक्षणमा भने रिपोर्ट नेगेटीभ आएको थियो ।

Ad