बैंकिङ खबर । अन्तत प्रदेशस्तरका बैंकवित्तहरु नरहने भएका छन् । स्थानीयस्तरबाट राष्ट्रिय स्तरका बेंकवित्तसँग प्रतिश्प्रर्धा गर्न कठिन हुने भएपछि स्थानीय तहका बैंकवित्त नराख्ने निश्कर्षतिर राष्ट्र बैंक पुगेको छ । तथापी यो कुरालाई औपचारिक रुपमा भने राष्ट्र बैंकले घोषणा गरेको र सार्वजनिक गरेको छैन । कोरोना प्रभावका कारण वित्तीय अबस्था कम्जोर हुँदै जाँदा बैंकवित्तलाई मर्जरको थप दवाव परेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरको फोर्समा जान दवाव दिन थालेको छ । काठमाडौं बाहीर संचालनमा रहेका साना करिव एक दर्जन विकास बैंकहरु प्रदेश स्तरको विकास बैंक बन्ने दौडमा थिए । तथापी राष्ट्र बैंकले उक्त दौडलाई रोक लगाएको छ । स्थानीय तहबाटै संचालनमा रहेका विकास बैंकहरुले राष्ट्रिय रुपबाट संचालन भएका बैंक तथा वित्तीय संस्थासँग प्रतिश्प्रर्धा गर्न नसक्ने अबस्था देखेरै राष्ट्र बैंकले फोर्स मर्जरमा जोड दिएको जनाइएको छ । सोही कारण विकास बैंकहरु धमाधम मर्जरमा गएका हुन् । तिनाउ मिशन डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सहारा विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र कर्णाली विकास बैंकले हाल क्षेत्रीय स्तरमा जाने योजना बनाइरहेका छन् । तथापी केही दिनमा यी विकास बेंकहरु अन्य बैंकसँग मर्जरमा जाने छन् । अनौपचारिक रुपमा मर्जरमा जान उनीहरुले सुचना पाइसकेका छन् । सोही आधारबाट मर्जरका नीति छलफलमा जुटीरहेका छन् । हाल कोरोना संक्रमण र जोखिमका कारण राष्ट्र बैंकले साना वित्तीय संस्थाहरु संचालनमा समस्या आउने आँकलन गर्दै मर्जर नीतिलाई प्रभावकारी बनाउन थालेको हो । कोरोना संकट र यसको प्रभावका कारण बैंकवित्तको मर्जर र पुँजीबृद्धि थप सार्थक बन्दै गएको छ ।