रिलायन्स लाइफ इन्स्योरेन्सको प्रारम्भिक शेयर निष्काशनको बाँडफाँड

बैंकिङ खबर । रिलायन्स लाइफ इन्स्योरेन्स ले मिति २०७७/०५/०४ देखि २०७७/०५/०८ सम्म सर्वसाधारणमा प्रारम्भिक निष्काशन मार्फत जारी गरेको रु. १०० अंकित दरका ५६,७०,००० कित्ता शेयरकोे बाँडफाँड, निष्काशन तथा बिक्री प्रबन्धकको कार्यालय सानिमा क्यापिटलमा सम्पन्न भएको छ । कम्पनीको प्रारम्भिक शेयर निष्काशनमा ५,८९,४६४ आवेदकहरुबाट २,२९,२६,०१० कित्ता शेयरको लागि आवेदन परेको थियो । सो मध्ये १९५५ आवेदकहरुकोे ७१,५९० कित्ता शेयरकोे आवेदन रद्द भएका छन् । सो पश्चात् ५,८७,५०९ योग्य आवेदकहरुमा गोलाप्रथाको आधारमा बाँडफाँड गर्दा ५,६७,००० आवेदकहरुलाई १० कित्ता शेयर बाँडफाँड गरिएको हो । कम्पनीमा, सो पश्चात् निष्काशित ६३,००,००० कित्ता शेयरमा ५,६७,२४३ शेयरधनी कायम भएका छन् ।


सोसिअल मेडिया