Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

अनलाईनबाट शेयर कारोबार गर्न ६४ हजारभन्दा बढीले लिए ‘युजरनेम र पासवर्ड’

२०७७ भाद्र १३ गते

 हालसम्ममा शेयर बजारमा अनलाईन कारोबार गर्नको लागि ‘युजरनेम र पासवर्ड’ लिएका लगानीकर्ता ६४ हजार ६१६ जना रहेका छन् ।

२ लाख ८७ हजार ८५४ जना सक्रिय लगानीकर्तामध्ये ६४ हजार ६१६ जनाले युजरनेम र पासवर्ड लिएका हुन् ।  सबैभन्दा बढी नासा सेक्युरेटिजबाट ५ हजार २७६ जनाले अनलाइन युजर नेम र पासवर्ड लिएका छन् । 

दोस्रोमा सानी सेक्युरेटिजबाट ४ हजार ९८८ जनाले लिएका हुन् । पछिल्लो समय कोरोना भाइरस रोकथामका लागि काठमाडमौं उपत्यकामा गरिएको निषेधज्ञाले गर्दा शेयर बजारमा अनलाईन  प्रयोगकर्ता बढेका छन् ।  

कोरोना महामारी नियन्त्रणका लागि स्थानीय प्रशासनले गत भदौ ४ गतेदेखि उपत्याकामा निषेधज्ञा जारी गरेको थियो  । निषेधाज्ञाको पहिलो दिन कारोबार रकम रू. ३९ करोड ३१ लाख बरावरको शेयर खरीदविक्री भएको थियो । त्यसपछिको कारोबार दिन भने कारोबार रकम रू. १ अर्बभन्दा बढी हुँदै आएको  छ ।

बिहीवार भदौ ११ गते रू. १ अर्ब ९८ करोड बराबरको शेयर खरीदविक्री भएको छ । यसरी हेर्दा शेयर बजारमा अनलाईनबाट कारोबार गर्ने लगानीकर्ताको संख्या अझै बढ्ने देखिएको छ ।

निषेधाज्ञा कहिले खुल्ने भन्ने अन्योल कायम रहेको र नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले पनि अनलाईन शेयर कारोबारका लागि थप प्रविधिहरु ल्याउन लागेकाले आगामी दिनमा यसको प्रयोगकर्ता अझै बढ्ने लगानीकर्ताहरु बताउँछन् । 
 

 टपटेन अनलाईन प्रयोगकर्ता (युजरनेम र पासवर्ड लिएका) र सक्रिय लगानीकर्ता तालिकामा :

  स्रोत : नेपाल स्टक एक्सचेन्ज  

 

आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार ।

Ad