बैंकिङ खबर । अमेजनका संस्थापक एवं सीईओ जेफ बेजोसको सम्पत्तिले २०० बिलियन डलरको आकडा नाघेको छ । ब्लुमबर्ग बिलियनेर इन्डेक्सका अनुसार जेफ बेजोसको कुल सम्पत्ति बुधवार २०० अर्ब डलर माथि पुगेको छ । यससँगै, बेजोस विश्वको २०० अर्ब डलर हुने पहिलो व्यक्ति बनेका छन् । टेस्ला इंकको शेयरमा वृद्धि भएसँगै कम्पनीका संस्थापक, एलोन मस्कको सम्पति १०१ अर्ब डलर भएको छ । फेसबुक संस्थापक मार्क जुकरबर्ग अगस्टको शुरुमा १०० अर्ब डलरको क्लबमा सामेल भएका थिए । बुधबार, उनको सम्पत्तिमा ८.५ डलरको वृद्धि भएको छ ।
कोरोनाको कारण घट्यो जीडीपी, धनी मानिसहरुको सम्पतिमा वृद्धि
कोरोनाभाइरस महामारीको कारण जीडीपीको रेकर्डमा गिरावट आयो र करोडौं व्यक्तिहरूको रोजगारी गुम्यो, यता ५०० टप धनी व्यक्तिहरुको सम्पत्तिमा जनवरीदेखि हालसम्म १४ प्रतिशतले वृद्धि भएको छ । यस वर्ष विश्वका ५०० धनी व्यक्तिको सम्पत्ति ४०९ अर्ब डलरले वृद्धि भएको छ । यस वर्ष बेजोसको सम्पत्तिमा ८७.१ अर्ब डलरको वृद्धि भएको छ, यस्तै एलोन मस्कको सम्पत्ति ७३.६ अर्ब डलरले वृद्धि भएको छ ।
सानैछदा थियो पैसाको अभाव
जेफ बेजोस आज अरबौंको मालिक भएतापनि एक समय उनको जीवनमा एक समय यस्तो पनि थियो जब उनीसँग पैसाको ज्यादै अभाव थियो । उनी ४ वर्षको छँदा उनका उनलाई छाडेर गएका थिए । आमाले दोस्रो विवाह गरीन् । उनको बाल्यकाल आमा बुबाको प्रेम बिना नै बित्यो । जब आमाले दोस्रो विवाह गरीन् उनको पालनपोषण हजुरबुबाले गरे । अध्ययनमा अब्बल जेफ जहिले पनि घरमा भएको चीजहरूलाई खोलेर हेर्ने र त्यसलाई फेरी जाड्ने गर्थे । उनको यही उत्कृटताका कारण यस्तो कम्पनी बन्यो की हाल उनी विश्वकै सबैभन्दा धनी मानिस बन्न सफल भए । जेफ बेजोसको पूरा नाम जेफ प्रेस्टन बेजोस हो । जेफको जन्म १२ जनवरी १९६४ मा भएको थियो । बेजोस एक अमेरिकी इन्टरनेट उद्यमी र लगानीकर्ता हुन् ।
१९९४ मा शुरू भएको थियो अमेजन
जेफ बेजोसले १९८६ मा प्रिन्स्टन विश्वविद्यालयबाट स्नातक गरे र कम्प्युटर विज्ञानको क्षेत्रमा काम गरे । त्यसपछि जेफ बेजोस फिटेल नामको कम्पनीमा नेटवर्क निर्माण गर्ने काम गर्थे, त्यसपछि १९९४ मा उनले न्यूयोर्कबाट सिएटलसम्मको यात्रा पछि अमेजन डट कम स्थापना गरे ।
सकारात्मक काम गर्नेहरू प्रभावकारी हुन्छन्
एक अन्तरवार्तामा, जेफ बेजोसले जसमा धेरै पोजेटिभिटि हुन्छ त्यस्ता कर्मचारीहरू आफुलाई मन पर्ने बताउँछन् । उनीहरूको प्रदर्शनमा निरन्तरता हुनुपर्छ । बेजोसका अनुसार सकारात्मक ऊर्जा भएका व्यक्तिहरू कुनै पनि कम्पनीका लागि अत्यन्त महत्त्वपूर्ण हुन्छन् र त्यस्ता व्यक्तिहरूले कम्पनीलाई अगाडि बढाउँछन् । बेजोससँग उनका कर्मचारीहरूसँग धेरै राम्रो सम्बन्ध रहन्छ । ऊनी आफ्नो अधिकांश समय आफ्ना कर्मचारीहरूमा बिचमा बिताउँछन् ।
चुनौती लिन नहिच्किचाउनुहोस्
बेजोसका अनुसार उनी चुनौति लिन सक्ने क्षमता भएका र काम गर्न नहिच्किचाउँने मानिसहरुलाई मन पराउँछन् । उनी त्यस्ता व्यक्तिहरूलाई मन पराउँछन् जो राम्रो नतीजाका लागि गाह्रो बाटो रोज्छन् । उनी त्यस्ता व्यक्ति चयन गर्नु अघि उसको ट्रयाक रेकर्ड हेर्छन् ।
एजेन्सीजको सहयोगमा