रिलायन्सको आइपिओमा इतिहासकै सर्वाधिक आवेदन

बैंकिङ खबर । रिलायन्स लाइफ इन्स्योरेन्सले मिति२०७७/०५/०४ देखि २०७७/०५/०८ सम्म सर्वसाधारणमा प्रारम्भिक निष्काशन मार्फत जारी गरेको रु. १०० अंकित दरका ६३,००,००० कित्ता साधारण शेयरमा इच्छुक करिब ६०९,००० लगानीकर्ताहरुबाट नेपालको पुँजीबजारकै इतिहासमा प्रारम्भिक शेयर निष्काशनमा सर्वाधिक आवेदन परेकोे छ । कम्पनीको एक सय अंकित दरका ६३ लाख कित्ता साधारण शेयरमा इच्छुक करिब ६ लाख नौं हजार लगानीकर्ताहरुबाट हालसम्म नेपालको पुँजी बजारकै इतिहासमा प्रारम्भिक शेयर निष्काशनमा सर्वाधिक आवेदन प्राप्त भई निष्काशन गरेको धितोपत्रको ३।८५ गुणाका लागि आवेदन परेको छ । कम्पनीले यस सफलताको लागि सहयोग गर्ने बीमा समिति, नेपाल धितोपत्रबोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेन्ज लि., सिडिएस एण्ड क्लियरिङ्ग लि., धितोपत्र निष्काशन तथा बिक्रीप्रबन्धक – सानिमा क्यापिटल लि., शेयर प्रत्याभूतिकर्ता – प्रभु क्यापिटल लि., मिडियाहाउसहरु,कम्पनीको संचालक समिति, संस्थापकहरु, कम्पनीका कर्मचारी, रिलायन्स साथी (अभिकर्ता), ग्राहक तथा शुभचिन्तकहरुमा आभार रहेको जनाएको छ ।


सोसिअल मेडिया