Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सिडिएस एण्ड क्लियरिङको सिइओमा पुर्णप्रसाद आचार्य नियुक्त

२०७७ भाद्र ८ गते

बैंकिङ खबर । नेपाल स्टक एक्सचेञ्जको सहायक कम्पनी सिडिएस एण्ड क्लियरिङको प्रमुख कार्यकारी अधिकृतमा पुर्णप्रसाद आचार्य नियुक्त भएका छन् । पूर्व प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताको कार्यकाल गत असोज ९ मा सकिएपछि सो पद रिक्त थियो । आचार्य बैंकका अवकाशप्राप्त कर्मचारी हुन् । सिडिएससीले असार १६ गते सिइओको लागि आवेदन माग गरेकोमा उनीसहित सात जनाको आवेदन परेको थियो।