 मुद्रास्फीति :
मुद्रास्फीति :
आर्थिक वर्ष २०७६/७७ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.१५ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ४.६४ प्रतिशत रहेको थियो । २०७७ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.७८ प्रतिशत रहेको छ । २०७६ असारमा यस्तो मुद्रास्फीति ६.०२ प्रतिशत रहेको थियो ।
खाद्य तथा पेय पदार्थ मुद्रास्फीति 
आर्थिक वर्ष २०७६/७७ मा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मुद्रास्फीति ८.१६ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा उक्त समूहको मुद्रास्फीति ३.०९ प्रतिशत रहेको थियो।
गैर–खाद्य तथा सेवा मुद्रास्फीति 
आर्थिक वर्ष २०७६/७७ मा गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत मुद्रास्फीति ४.६१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति ५.८६ प्रतिशत रहेकोथियो ।
क्षेत्रगत उपभोक्ता मुद्रास्फीति 
आर्थिक वर्ष २०७६/७७ मा उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ६.९६ प्रतिशत, तराईमा ६.२९ प्रतिशत, पहाडमा ५.१० प्रतिशत र हिमालमा ४.९१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति क्रमशः ४.८६ प्रतिशत, ४.२६ प्रतिशत, ५.०० प्रतिशत र ४.९१ प्रतिशत रहेको थियो ।
नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति 
२०७७ असारमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति नेपालमा ४.७८ प्रतिशत र सन्२०२० को जुलाईमा भारतमा ६.९३ प्रतिशत रहेको छ । थोक मुद्रास्फीति ज्ञज्ञ। २०७७ असारमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.६० प्रतिशत रहेको छ । २०७६ असारमा यस्तो मुद्रास्फीति ५.४१ प्रतिशत रहेको थियो ।
राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क 
२०७७ असारमा वार्षिक बिन्दुगत राष्ट्रिय तलव तथा ज्यालादर सूचकाङ्क ७.४८ प्रतिशतले वृद्धि भएको छ । २०७६ असारमा उक्त सूचकाङ्क ९.१० प्रतिशतले वृद्धि भएको थियो । तलब सूचकाङ्कको वृद्धिदर १३.५५ प्रतिशत र ज्यालादर सूचकाङ्कको वृद्धिदर ५.८५ प्रतिशत रहेको छ । 
 
       
        
 
 
 
 
 
  
 
  
 
 