Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

यस्तो छ चालु खाता एवम् शोधनान्तर स्थिति

२०७७ भाद्र ८ गते

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङक अनुसार चालु खाता एवम् शोधनान्तर स्थिति यसप्रकार रहेको छ ।

आर्थिक वर्ष २०७६/ ७७ मा चालु खाता घाटा ८७.९ प्रतिशतले घटी रु.३२ अर्ब ६ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो घाटा रु.२६५ अर्ब ३६ करोड थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब ३५ करोड रहेको चालु खाता घाटा समीक्षा वर्षमा ३२ करोड ६० लाख रहेको छ । आर्थिक वर्ष २०७६÷७७ मा पुँजीगत ट्रान्सफर ८.१ प्रतिशतले घटी रु.१४ अर्ब २१ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४९.१ प्रतिशतले वृद्धि भई रु.१९ अर्ब ४८ करोड पुगेको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर रु.१५ अर्ब ४६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१३ अर्ब ६ करोड रहेको थियो । यस्तै आर्थिक वर्ष २०७६/७७ मा शोधनान्तर स्थिति रु.२८२ अर्ब ४१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.६७ अर्ब ४० करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्ष ५९ करोड १० लाखले घाटामा रहेकोमा समीक्षा वर्षमा २ अर्ब ३५ करोडले बचतमा रहेको छ ।

कुल विदेशी विनिमय सञ्चिति
२०७६ असार मसान्तमा रु.१०३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३४.९ प्रतिशतले वृद्धि भई २०७७ असार मसान्तमा रु.१४०१ अर्ब ८४ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा रु.९०२ अर्ब ४४ करोड रहेकोमा २०७७ असार मसान्तमा रु.१२२६ अर्ब १२ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा रु.१३६ अर्ब ४७ करोड रहेकोमा २०७७ असार मसान्तमा रु.१७५ अर्ब ७१ करोड पुगेको छ । २०७७ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.८ प्रतिशत रहेको छ ।

सञ्चिति पर्याप्तता सूचक
आर्थिक वर्ष २०७६/७७ को आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.४ महिनाको वस्तु आयात र १२.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा वर्षमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३७.२ प्रतिशत, १०५.८ प्रतिशत र ३३.१ प्रतिशत रहेका छन्। २०७६ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३०.० प्रतिशत, ६४.९ प्रतिशत र २९.० प्रतिशत रहेका थिए ।

बाह्य लगानी स्थिति
२०७७ असार मसान्तमा मुलुकको वैदेशिक सम्पत्ति रु.१४६७ अर्ब ७९ करोड तथा दायित्व रु.११९५ अर्ब ८३ करोड रहेको छ । फलस्वरुप, खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति  रु.२७१ अर्ब ९६ करोड रहेको छ । २०७६ असारमा यस्तो रकम रु.१८८ अर्ब ८६ करोड रहेको थियो ।

Ad