Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

समग्र आर्थिक परिसूचक सकारात्मक : अर्थमन्त्री

२०७७ भाद्र ७ गते

अर्थमन्त्री डा. युवराज खतिवडाले कोभिडका कारणले नेपालको पर्यटन, उत्पादनमूलक उद्योग तथा निर्माण क्षेत्र बढी प्रभावित भए पनि मुलुकका समग्र आर्थिक परिसूचक सकारात्मक रहेको बताउनुुभएको छ ।
शुक्रबार विश्व बैङ्कका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरसँग भएको छलफलमा अर्थमन्त्री डा. खतिवडाले सो कुरा बताउनुुभएको हो ।
विश्वभर फैलिएको कोरोना भाइरसका कारण नेपालका अर्थतन्त्रमा पारेको प्रभाव र नेपाल सरकारले चालेका कदम तथा बैङ्कद्वारा सञ्चालित कार्यक्रमका बारेमा छलफल भएको छ ।
अर्थमन्त्री र उपाध्यक्षबीच भिडियो कन्फ्रेन्समा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ । सो अवसरमा अर्थमन्त्री डा. खतिवडाले विश्व बैङ्कबाट कोरोनाको असर न्यूूनीकरण गर्न तत्काल सहयोग उपलब्ध गराएको भन्दै धन्यवाद दिनुुभयो । उहाँले स्वास्थ्य जोखिम न्यूूनीकरण तथा आर्थिक पुनरुत्थानका कार्यक्रमलाई निरन्तरताका लागि थप सहयोग गर्नसमेत बैङ्कलाई आग्रह गर्नुुभयो ।
नेपालले आगामी दिनमा स्वास्थ्य उपचार, सामाजिक सुरक्षा, साना तथा मझौला उद्यमको व्यावसायिक निरन्तरता एवं रोजगारी सिर्जना हुने तथा ठूूला आयोजनाको कार्यान्वयनमा जोड दिएकाले आगामी दिनमा थप स्रोत व्यवस्थापनको खाँचो रहेको बारेमा पनि छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।
सो अवसरमा अर्थमन्त्री खतिवडाले कोरोनाको प्रभावका बीचमा पनि मुद्रास्फीति ६ प्रतिशतको हाराहारीमा रहेको, चालूू खाता घाटा कुल गार्हस्थ उत्पादनको २ प्रतिशत सीमित रहेको, शोधान्तर बचत अमेरिकी डलर १.६ अर्बभन्दा बढी रहेको, सरकारको सञ्चिति खाता घाटामा नगएको चर्चा पनि गर्नुुभयो ।
यस्तो विषम परिस्थितिमा पनि विश्व बैङ्कद्वारा सञ्चालित आयोजनाहरूको प्रगति राम्रो रहेको मन्त्री खतिवडाले सो अवसरमा बताउनुुभयो । मन्त्री डा. खतिवडाले अब नेपालले स्वास्थ्य र आर्थिक पुुनरुत्थानलाई एकसाथ लैजान खोजेको बताउँदै नगद कोष व्यवस्थापनमा विश्व बैङ्कको बजेटरी सहायताले समेत सघाउ पु¥याएको र नीतिगत सुधारमा पनि बैङ्कको अनुुभव र ज्ञान लाभदायी हुने विचार व्यक्त गर्नुुभएको अर्थ मन्त्रालयले जनाएको छ ।
सो अवसरमा बैङ्कका उपाध्यक्ष सेफरले पोर्टफोलियो कार्यान्वयनमा नेपालको प्रगति पूर्वनिर्धारित लक्ष्यको तुलनामा राम्रो रहेको र दक्षिण एसियाली क्षेत्रमा उत्कृष्ट भएको भन्दै नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्नुुभयो । उहाँले नेपालजस्ता कम विकसित मुलुकले सामना गरिरहेको आर्थिक स्रोतको अभाव परिपूूर्ति गर्न हाल आइडाको स्रोत अपर्याप्त हुने र सो वृद्धि गर्न तथा वित्तीय ऋणको तिर्नुपर्ने सावाँ ब्याजको स्थगनको अवधि सन् २०२१ सम्म बढाउन बैङ्क लागिरहेको बताउनुुभयो । साथै नेपाललाई थप आर्थिक सहयोग गर्न बैङ्क तयार रहेको पनि जानकारी दिनुुभयो ।  

गोरखापत्र दैनिकमा प्रकाशित समाचार ।

Ad