Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मिर्मिरे लघुवित्तले आफ्ना कर्मचारीको निधनमा दियो राहत रकम

२०७७ भाद्र ४ गते

मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय बौनिया, कैलालीमा कार्यरत अत्यन्तै मेहनती, इमान्दार र कर्मयोगी कर्मचारी सन्तोष कुमारी बोहराको सडक दुघटनामा परि दुःखद, आकास्मीक आस्मायिक निधन भएकाले मिर्मिरे लघुवित्त र नागबेलि लघुवित्त वित्तीय संस्था लि.मा कार्यरत सम्पूर्ण कर्मचारीहरुले संस्थाको समेत सहयोगमा रु.४,४१,७९५।– को चेक स्व. सन्तोष कुमारी बोहराको बुवा पदमबहादुर बोहरालाई हस्तान्तरण गरेको छ । संस्थाले स्व.सन्तोष कुमारी बोहराको सम्झनामा देशभरीकै आफ्नो कार्यालयमा एक मिनेटको शोक धारण पनिआयोजना गरेको थियो । स्व. बोहराको बुवा पदमबहादुर बोहराले परिवारको कमाई गरि खुवाउने एक्लो साहरा गुमाएको महसुस गर्दै यस विपत घडिमा सहानुभुतीप्रदान गर्नहुने तथा आर्थिक सहयोग गर्नहुने सबैमा धन्यवाद दिनुभयो ।

Ad