Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकर्स संघले आफुखुसी बैकिङ सेवा बन्द गर्यो, बन्द गर्न ठाडो निर्देशन

२०७७ भाद्र ४ गते

बैंकिङ खबर । राष्ट्र बैंकको निर्देशन विपरीत वाणिज्य बैंकहरुले सेवा बन्द गरेका छन् । केही बैंकका कर्मचारीलाई हिडडुलमा रोक लगाएको भन्दै बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंकहरुलाई सेवा बन्द गर्न निर्देशन दिए । उनको निर्देशन पछि खुल्ला रहेका बैंकहरुले समेत सेवा बन्द गरेका छन् । बैंकका कर्मचारीलाई प्रहरीले हिडडुलमा रोक लगाएको भन्दै बैंकर्स संघले सेवा रोक्ने निर्णय गरेको बताइएको छ । तर नेपाल राष्ट्र बैंकका प्रबक्ता गुणाकर भट्टले भने हिडडुल गर्नमा समस्या परे राष्ट्र बैंकले गृह मन्त्रालयसँग समन्वयन गरेर सहजीकरण गरेको र समस्या नरहेको बताए ।

Ad