Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

एटीएममा प्रसस्त रकम राख्नु, डिजिटल कारोबारमा जोड दिनु

२०७७ भाद्र ३ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई डिजिटल कारोबार गर्न जोड दिएको छ । उसले एटीएम मेसिनहरूमा पर्याप्त नगद राख्न र विद्युतीय भुक्तानी बढाउन निर्देशन दिउको हो । राष्ट्र बैंकले एक सूचना जारी गरी विद्युतीय माध्यमबाट हुने कारोबारलाई जोड दिँदै सो को सुरक्षामा सतर्कता अपनाउन पनि भनेको छ । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि विभिन्नस्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेका छन् । यस्तो अबस्थामा सुरक्षित ढंगले सिमित कर्मचारी परिचालन गरी सेवा सुचारु गर्न बैंकहरु सक्रिय छन् । राष्ट्र बैंकले विद्युतीय माध्यमबाट बैंकिङ कारोबार बढाउन भनेको छ । एटीएममा राखिएको पैसाको प्रभावकारीरूपमा निगरानीको व्यवस्था गर्न तथा प्रयाप्त रकम राख्न पनि राष्ट्र बैंकले बैंकवित्तलाई निर्देशनमा भनेको छ ।

Ad